असार ४, मंगलबार
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले सत्ता गठबन्धन सरकारले यो ब्यवस्थाकाे अन्त्य गर्न सहयोग गरेकोमा धन्यवाद भन्नू भएको छ। आज संसदमा बाेल्दै अध्यक्ष लिङ्देलले आफ्नो पार्टीले विरोध गरिरहेकाे गणतान्त्रिक ब्यवस्थामा सरकार पनि सहमत देखिएकाेमा खुशि हुँदै अबको बाटो एउटै रहेको बताउनुभएको हो ।
लिङ्देलले सरकारले ल्याएको बजेट माथि असन्तुष्टि पाेख्दै भौतिक याेजना तथा यातायात मन्त्रालयकाे पुस्तिका राेष्टमै च्यात्नु भएकाेे थियो । उहाँले आफुलाई सार्है रिस उठेको तर संसदीय मर्यादा उलंघन हुने हुनाले रिस कन्टाेल गरेको भन्दैमा विकास बजेटमा विभेद गरिएको आराेप लगाउनु भयो । अध्यक्ष लिङ्देलले भन्नुभयो , ” राज्यको सम्पति कसैकाे बाउले कमाएर राखि दिएको हैन । बाउकाे सम्पति त भाइ भाइलाई चित्त बुझाएर लिनु पर्छ । त्यसैले सरकारमा बसेकाे छु भन्दैमा एकलौटी गर्ने यो कस्तो प्रणाली हो । हामीले यो प्रणालीकाे विराेध गरिरहेका छौ । अहिले ठ्याक्कै मिल्याे ।” उहाँले प्रणाली भत्काउन सरकार नै लागि परेको हो ,धन्यवाद भन्नुभयो ।
आफुलाई रिस उठे पनि यस्तै हो भनी मन बुझाउने गर्नु भएका उहाँले आज रिस नमरेकाे भन्दै पुस्तिका यसरी च्यात्न मन लागेको छ भनेर देखाउदै च्यात्नु भयो । पहिले गाउँ तहबाट बजेट बन्ने गरेको उदाहरण दिदै अहिले त संसादकाे बाेली र खल्तीबाट बजेट जाने गरेकोमा आक्राेश पाेख्नु भएको छ।


