काभ्रेपलान्चोक । काभ्रेको रोशी गाउँपालिका–५, तिमालमा रहेको बोधिचित्तको रुख काटिएकोअभियाेगमा पक्राउ परेकालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। एक जनालाई भने प्रहरीले झण्डै एक महिना हिरासतमा राखेर छाडेको छ ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकले घटनाका मुख्य योजनाकार सिजन भन्ने मानबहादुर तामाङ र पार्टीगत जिम्मेवारी लिने विश्वनाथ चौधरीलाई कारागार पठाउने आदेश गरेको छ। उता जिल्ला प्रहरी कार्यालय, काभ्रेले विष्फोटक पदार्थ, आपराधिक उपद्रव र संगठित अपराधको कसूरमा संलग्नता पुष्टि नभएको भन्दै प्रभात भनिने दुर्गाबहादुर तामाङलाई छाडेको हो ।
रुख काटेर विनाश गर्ने योजना बनाएका मानबहादुरको योजनामा सागर भनिने रामकृष्ण मैनाली, विजय हुमागाई, असल मोक्तान र अजय भनिने रामजी श्रेष्ठ सहभागि थिए । जिल्ला सरकारी वकीलको कार्यालयले ५४ करोड ९९ लाख ७ सय ८० रुपैया क्षतिपुर्ति मागदावी गरि काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अभियोग दर्ता गरेको थियो ।
काभ्रेपलान्चोक जिल्ला अदालतको निर्णय चित्त बुझ्दाे नआएको भन्दै उक्त निर्णय विरुद्ध माथिल्लो निकायमा जाने जाहेरवाला समिप त्रिपाठीले बताउनु भएको छ।


