अ+
अ
अ-
काठमाडौ । नेकपा (एकीकृत समाजबादी ) बागमती प्रदेश कमिटीको पुर्ण बैठक सम्पन्न भएको छ। शुक्रबार काठमाडौ प्रदेश कमिटीको कार्यालयमा बसेकाे बैठकले काभ्रेबाट चार जनालाई प्रदेश कमिटी सदस्यमा मनाेनीत गरेको छ।
प्रदेश कमिटी सदस्य मनाेनीत हुनेमा प्राणनाथ न्यौपाने ,राजु नेपाल ,सन्तबिर तामाङ ,छवि हुमागाई रहनु भएको छ। उहाँहरु पुर्व काभ्रे जिल्ला कमिटी सदस्यकाे जिम्मेवारीमा रहनुका साथै विभिन्न पदमा रहेर भूमिका निर्वाह गरिरहनु भएको थियो ।
आज मनाेनीत हुनु भएका प्रदेश कमिटी सदस्यहरुले गर्नु भएका कामकाे मुल्यांकन गर्दै प्रदेश कमिटीको जिम्मेवारी प्रदान गरिएको बागमती प्रदेश कमिटी सचिव लक्ष्मण लम्सालले टुकी नेटवर्कलाई जानकारी दिनु भएको छ।


