इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

+
-

१८ वैशाख
काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी हुनु भएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै विजयी हुनु भएको हो ।

अघिल्लो निर्वाचनमा इलाम २ बाट सुवास नेम्वाङ विजयी हुनु भएको थियो । सुहाङ नेम्वाङ सुवास नेम्वाङका छाेरा हुनुहुन्छ । गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो  ।

काेशिमा पहिचानवादिहरुकाे तर्फ मुडा चिन्हबाट थेगेन्द्सिंह थेगेनले ११ हजार ४ सय ४७ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्वुले ५०५० मत प्रप्त गरेका छन् ।