चैत २८
काभ्रेपलान्चोक । काभ्रेको भुम्लु गाँउपालिका स्थित पर्यटकीय बजार दाेलालघाटमा “चौथाे दाेलालघाट महाेत्सव” हुने भएको छ। महाेत्सव यहि चैत २९ गते देखि २०८१ बैसाख ३ गते सम्म चल्ने छ।
संयुक्त नेपाल मेला महाेत्सव गु्पकाे ब्यवस्थापनमा दाेलालघाट उद्योग बाणिज्य संघ , दुलालेश्वर वातावरणीय तथा सुधार सेवा क्लव , समृद्ध दाेलालघाट टाेल विकास समिति , दाेलालघाट बनदेउ टाेल विकास तथा सुधार समितिकाे आयाेजनामा महाेत्सव हुन लागेको आयाेजकले बताएका छन् ।
“प्राकृतिक , साँस्कृतिक , कृषि र व्यापार दाेलालघाट पर्यटन प्रवर्दन विकासकाे आधार “भन्ने मुल नारा सहित हुन लागेकाे महाेत्सवकाे उदघाटन संस्कृति , नागरिक तथा उड्डयन मन्त्री हित बहादुर तामाङले गर्नु हुने छ। पाँच दिनसम्म चल्ने महाेत्सवकाे समापनमा बागमती प्रदेहका श्रम राेजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले गर्नु जनाइएको छ।
चैत २९ गते देखि भुम्लु गाँउपालिकाकाे पर्यटकीय स्थल दाेलालघाटमा आयाेजकले गर्न खाेजेकाे कार्यक्रम सफल पार्न पालिका सरकारले सहजिकरण गरेकाे अध्यक्ष प्रेम बहादुर भूजेलले बताउनु भएको छ। अध्यक्ष भूजेलले विभिन्न संस्थाले संयुक्तरूपमा गर्न लागेकाे उक्त महाेत्सवबाट भुम्लुकाे अान्तरिक र बाह्य पर्यटन प्रवर्धनमा टेवा पुग्नुका साथै स्थानीय ब्यवसायि र कृषकहरु लाभान्वित हुन सक्ने विश्वास लिनु भएको छ।


