राप्रपाको प्रदर्शनमा पानीको फाेहाेरा प्रहार

+
-

चैत २७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेकाे प्रदर्शनमा झडप हुदा प्रदर्शनकारी घाइते भएका छन् ।  भृकुटीमण्डपबाट सुरु भएको प्रदर्शन सिंहदरबार तर्फ अगाडि बढेपछि प्रहरीले हस्तक्षप गरेको थियो ।

४० बुँदे माग राखेर आन्दोलन थालेको राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको हो  ।  प्रदर्शनका सिलसिलामा केही व्यक्ति पक्राउ परेका छन् । प्रदर्शनकारी ढुङ्गामुडामा उत्रिएपछि प्रहरीले असुलग्यास प्रहार गर्नुका साथै पानी का फाेहाेरा हानेको  थियो ।

हजारौंका संङ्ख्यामा आएका प्रदर्शनकारीलाई राेक्न बल प्रयाेग गर्नु परेकाे प्रहरी श्राेतले जनाएको छ। यसै सिलसिलामा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेलले गृहमन्त्री रवी लामिछानेको राजिनामा माग गर्नु भएको छ।