२०८०, चैत २६
काठमाडौ । नेपाली काङ्ग्रेस काभ्रेका नेता ,कार्यकर्ता नेपाली काङ्ग्रेस परित्याग गरि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बनेपा नगरपालिका वडा नम्वर १ का वडा सभापति सहित नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन ।
एकीकृत समाजवादी प्रवेश गर्नेमा बनेपा नगरपालिका वडा नम्वर १का वर्तमान सभापति मिठाराम दुलाल , निवर्तमान सभापति भीमसेन लामिछाने र काङ्ग्रेस राजनितीमा सक्रिय महिला नेतृ रञ्जिता मगराती हुनुहुन्छ । उहाँहरु नेपाली कांग्रेस परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा प्रवेश गर्नु भएको हो ।
आज( साेमवार )काठमाडौमा आयाेजित एक कार्यक्रममा पार्टी अध्यक्ष माधव कुमार नेपालले उहाँहरुलाई पार्टी प्रवेश गराउनु भएको हो । पार्टी प्रवेश कार्यक्रममा नेकपा एकीकृत समाजवादी काभ्रे जिल्ला इन्चार्ज टाेक बहादुर वाइवा ,जिल्ला कमिटी अध्यक्ष वसुन्धरा हुमागाईं ,उपाध्यक्ष रघुवर चौ प्रधान, सचिव गोकुल, केन्द्रीय सदस्य विदुर सापकोटा लगायत जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो ।


