प्रधानमन्त्रीले सदनमा जानकारी गराउनु भयो : भुम्लुका नागरिकलाई जग्गा धनी प्रमाणपत्र दिन निर्देशन दिइएको छ

+
-

चैत ,६
काठमाडौ । प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड” ले  काभ्रेको भुम्लु गाँउपालिक वडा नम्वर ७ र ८का लालपुर्जा विहिन नागरिकलाई जग्गा धनी प्रमाण पत्र  वितरण गर्न निर्देशन दिइसकिएकाे सदनमा जानकारी गराउनु भएको छ। आज संसदमा बाेल्दै प्रधानमन्त्री दाहालले नापी हुन नसक्दा जग्गा धनी प्रमाणपत्र  वितरणमा देखिएकाे समस्या तत्कालै समाधान गरि निकास निकाल्न निर्देशन दिएकाे बताउनु भएको हो ।

प्रधानमन्त्री दहालले विगत लामाे समयदेखि सिमाना विवादकाे कारण नापी हुन नसकेको र नागरिकले ५० वर्ष देखि पुर्जा नपाएको आफुलाई जानकारी  भएकाे भन्दै   बत्तिस सालमै समाधान  हुनुपर्ने सिमाना विवाद अझै नसुल्झेकाेमा दुख व्यक्त गर्नु भयो ।

उहाँले सदनमा बाेल्दै भन्नू भयो ,”  नब्बे प्रतिशत जग्गा फिल्डबुकमा दर्ता भएको छ।   तर  ३२ सालमा स्थानीयकाे सिमा विवादले राेकिएकाे रहेछ।  जग्गा धनी पुर्जामा यातायात पुर्वाधार निर्माण र अनौपचारिक जग्गाकाे  स्वामित्व सविक र  हाल नापजाँच गर्दा फरक परेकाेले समस्या बढेकाे हो ।” अहिले  नापजाँचबाट  तयार भएको लालपुर्जा वितरण गर्न निर्देशन दिइएको छ ।

काभ्रे भुम्लुकाे जग्गा धनी पुर्जाकाे विषयमा पटकपटक संसदमा कुरा उठेपछि प्रधानमन्त्री प्रचण्डले यस विषयमा सुनुवाइ गर्नु परेकाे थियो ।

केही समय अगाडि काभ्रे क्षेत्र नम्वर २ का संघीय  सासंद गाेकुल बास्काेटाले अधिल्लाे गठबन्धन सरकारले नापीलाई काम गर्न नदिएर फिर्ता ल्याएकाे आराेप लगाउनु भएको थियो ।