चैत ,४
काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) काभ्रेको १० औं जिल्ला अधिवेशन बाट निर्वाचित भएका पदाधिकारीहरुले पाएकाे मत भार यस प्रकार छ।
निर्वाचन भएका पदहरु मध्यमा उपाध्यक्ष रघुवर चौ प्रधान १८७ पासाङ ढाेल्माे लामा १५९ मत प्राप्त गर्नु भएको छ भने निकटतम प्रतिद्वन्दि लाप्साङ लामा १५६ ,यसु लामा १२६ र वि पि तिमल्सिनाले ५३ मत पाउनु भएको थियो ।
तिनजना उपसचिवमा हरि गाेपाल प्रधानाङ्गले २५२, भेषराज शाह २२९ र कष्ण बहादुर लामाले १५० मत प्राप्त गर्नु भयो भने निकटतम प्रतिद्वन्दी प्राणनाथ न्यौपाने १३३,सचितानन्द केशीले १२३प्रेम लामले ७५ र रेशम लाल श्रेष्ठले ४३ मत पाउनु भएको थियो ।
यस्तै युवा ४० वर्ष मुनि खुल्ला पदमा विजय लामा २१२, रामेश्वर आचार्य १९४, सन्ताेष चौलागाईं १९३, बुद्द लामा १६१, राजकुमार शाह १५०, राम बहादुर तामाङ १४३ तुल बहादुर लामा १२२ मत र महिलामा अप्सरा न्यौपाने१४७ काेपिला तामाङले १४३मता पाएर विजयी हुनु भएको छ । दलित पुरुष तथा महिला सदस्यबाट मनिस वर्देवाले २१४ र सम्झना विकले १२४ मत र अल्पसंख्यकबाट विकास राइले १५२ र कल्पना भुजेलले २०० मत पाउनु भयाे भने अपांगता समुहबाट लाेकेन्द विष्ट निर्विरोध हुनु भएको थियो ।
भूगाेल तर्फबाट मण्डनदेउपुर नगरपालिकाबाट पवित्रा भट्टराई ,डिल्ली प्रसाद आचार्य , माधव न्यौपाने , पाँचखाल नगरपालिकाबाट रण बहादुर बाेहाेरा , पुरुषाेत्तम आचार्य ,कल्पना श्रेष्ठ , नमाेबुद्द नगरपालिकाबाट राज कुमार तिमल्सिना , जानुका पौडेल , पञ्च तामाङ , धुलिखेल नगरपालिका बाट टिका प्रसाद हुमागाई, दया सागर श्रेष्ठ, संजिता लामा बनेपा नगरपालिकाबाट राज कृष्ण गिरी, शम्भु प्रसाद न्यौपाने , गिता मगर , पनौती नगरपालिकाबाट सन्तनु केशि , डाक बहादुर कार्कि र गिता अधिकारी निर्विराेध निर्वाचित हुनु भएको छ।
साथै राेशि गाँउपालिका बाट निशा लामा, जगत बहादुर तामाङ ,बेथानचाेकबाट विनु थापा मगर , मिठाई लामा , खानिखाेलाबाट सिला देवि तिमल्सिना ,कृष्ण बहादुर दर्लामी मगर , महाभारतबाट नीर बहादुर वाइवा , चन्द्र कुमारी लुङ्गेलि ,चौरीदेउराली गाँउपालिकाबाट गाेकुल गौतम ,तेमालबाट टिकालाल तामाङ ,मनिषा तामाङ र भुम्लुबाट माेतिलाल तामाङ र कालिका खरेल निर्विरोध निर्वाचित हुनु भएको हो


