नेकपा एकीकृत समाजवादी काभ्रेको अध्यक्षमा बसुन्धरा हुमागाई निर्विरोध निर्वाचित

+
-

चैत ,४
काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) काभ्रेको १० औं जिल्ला अधिवेशन बाट बसुन्धरा हुमागाई अध्यक्ष्ातामा निर्विरोध  निर्वाचित हुनु भएको छ।   

अध्यक्षका आकांक्षी दिपक कुमार गौतमले उमेदवारी नदिनु भएपछि हुमागाई निर्विराेध हुनु भएको हो ।

आज  बनेपा स्थित अरनिको पार्टी प्यालेसमा बिहान ८ बजेदेखि सुरु भएको  बन्द सत्रबाट अध्यक्षमा बसुन्धरा हुमागाई र सचिवमा गाेकुल गौतम  निर्विराेध निर्वाचित हुनु भएको हो ।

उपाध्यक्ष र महिला उपाध्यक्ष र उपसचिवमा  सहमतिकाे प्रयास जारी छ भने भूगाेल तर्फ १३ वटै पालिकामा सर्वसम्मत एक महिला र एक पुरुष निर्वाचित भएका छन् । अन्य पदहरुमा भने समुहगत छलफल र सहमतिकाे प्रयास जारी छ।