काङ्ग्रेस ,माओवादी गठबन्धनले हेपेका थिए: माधव नेपाल

+
-

चैत ,३
काभ्रेपलान्चोक । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपाली काङ्ग्रेस र माओवादीसँगकाे गठबन्धन सरकारबाट चित्त नबुझेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ। शनिवार काभ्रे जिल्ला अधिबेशनकाे उदघाटन सत्रमा बाेल्दै अध्यक्ष नेपालले अहिलेकाे गठबन्धनसँग विचार र सिद्धान्त मिल्ने भन्दै काङ्ग्रेसले सहि व्यवहार नगरेको बताउनु भएको हो ।

अध्यक्ष नेपालले पहिलेकाे गठबन्धन सरकारमा हुँदा काङ्ग्रेस र माओवादीले पेलेर हैरान गरेको र अहिलेकाे गठबन्धनमा नीति तथा कार्यक्रम मार्फत नेपाली राजनीतिमा केहि नयाँ दिन सकिन्छ भनेर सहमति भएको जानकारी दिनु भएको छ।

उहाँले भन्नू भयो ,”हाल राजतन्त्रको प्रेत जाग्न खाेजेकाे छ। हिजाे हामिले लडेर ल्याएको गणतन्त्रलाई बदनाम बनाउन केही तत्वहरु लागि परेकाे छन् । विगत भइसकेको राजतन्त्र वर्तमानमा आउन सम्भव छैन । सरकार र दलहरुकाे निर्णायक भूमिकामा एकीकृत समाजवादीकाे आबाश्यक भएको उहाँको तर्क रहेको थियो ।