एमालेलाई एकीकृत समाजवादी बास्ना आउन थालेको छ: अध्यक्ष नेपाल

+
-

चैत ,३

काभ्रेपलान्चोक । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेलाई एकीकृत समाजवादी बास्ना आउन थालेकाे बताउनु भएको छ। आज शनिबार काभ्रेकाे बनेपामा १०औं जिल्ला अधिवेशनलाई सम्बाेधन गर्दै अध्यक्ष नेपालले समय र परिस्थितिले एमालेका नेताहरूलाई एकीकृत समाजवादी बास्ना आउने अवस्थामा ल्याइपुर्‍याएको बताउनु भएको छ ।

माओवादी सहितको नयाँ गठबन्धनमा सहभागी भएको समाजवादीलाई सरकारमा आउन एमाले अध्यक्ष केपि ओलिले नै आग्रह गरेको बताउदै उहाँले राजनीतिमा स्थायी शत्रु र मित्र नहुने उल्लेख गर्दै देशकाे राजनीतिक अस्थिरता जाेगाउन एकीकृत समाजवादीले भूमिका खेलेको धारणा राख्नु भयो ।

अध्यक्ष नेपालले कुनै बेला केपि ओलिले माधव नेपालसँग बाेल्दा मुख कुल्ला गर्नु पर्ने भनाइलाई इंकित गर्दै अरुले हल्ला गरे जस्तो एकीकृत समाजवादी र एमालेकाे एकता सम्भव नहुने प्रष्ट पार्नु भएको छ।