नेकपा एस काभ्रेको चैत ३र ४ गते हुने जिल्ला अधिवेशन अध्यक्ष माधव कुमार नेपालले उदघाटन गर्ने

+
-

चैत  १ बुधबार
काभ्रेपलान्चोक । नेकपा (एकीकृत समाजवादी) काभ्रे जिल्ला अधिवेशनकाे तयारी पूरा भएको छ। आगामी चैत ३ र ४ गते हुने १०अौ जिल्ला अधिवेशनकाे तयारी पूरा भएको जिल्ला पार्टी कार्यालय काभ्रेलेआज पत्रकार सम्मेलन मार्फत  जानकारी दिएको छ।

बनेपा स्थित पार्टी कार्यालयकाे सभा हलमा आयाेजित पत्रकार सम्मेलनबाट अधिवेशनकाे सम्पूर्ण तयारी पूरा भइसकेको जिल्ला अधिवेशन मुल आयाेजक समितिका संयाेजक बसुन्धरा हुमागाँईले जानकारी दिनु भयो।

जिल्ला अधिवेशनको केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नु हुने  छ ।  अधिवेशनको लागि वडा, नगर गाउँ तथा जनवर्गिय संगठनहरुबाट ४ सय ७६ जना प्रतिनिधिहरु निर्वाचित भई जिल्ला अधिवेशनमा सहभागी हुने बताएको छ।

नेकपा एकीकृत समाजवादीकाे काभ्रेमा ३ हजार ९ सय ६६ संगठित पार्टी सदस्यहरु विस्तार भई सकेको छ । १३५ वटा वडाहरुमध्ये हालसम्म ११७ वटा वडाबाट अधिवेशनमा प्रतिनिधि हरु सहभागी हुने छन् ।

मुल आयाेजक समितिले अधिवेशन भव्यताका साथ सम्पन्न गर्न र कामकाे जिम्मेवारी बाँडफाँड गरि चाप कम गर्न विभिन्न उपसमितिहरु बनाएको हो । उक्त समितिले प्रचार प्रसार उपसमिति ,  प्रतिनिधि व्यवस्थापन उपसमिति, आर्थिक व्यवस्थापन  उपसमिति ,अतिथि सत्कार उपसमिति , प्रतिवेदन लेखन उपसमिति बनाएको छ। यस्तै जनपरिचालन उपसमिति , स्वयमसेवक उपसमिति , आवास उपसमिति ,  प्राथमिक स्वास्थ उपसमिति  बनाइएको र उपसमितिका संयाेजक ताेकि जिम्मेवारी प्रदान गरिएको संयाेजक हुमागाँईले बताउनु भयो ।

उपसमिति संयाेजककाे  जिम्मेवारी पाउनेमा प्रतिनिधि व्यवस्थापन समिति संयाेजक बसुन्धरा हुमागाई , आर्थिक व्यवस्थापन समिति संयाेजक गाेकुल गौतम , अतिथि सत्कार संयाेजक यसु लामा , प्रचार प्रसार समिति संयाेजक सराेज कुइकेल हुनुहुन्छ भने  प्रतिवेदन लेखन समिति संयाेजककाे भूमिकामा हरिगाेपाल प्रधानाङ्ग , जनपरिचालन समिति संयाेजकमा भेषराज शाह , आवास व्यवस्थापन समिति संयाेजकमा रघुवर चौ प्रधान  , स्वयमसेवक परिचालन समिति संयाेजकमा शिवराम दाहाल र प्राथमिक स्वास्थ समिति संयाेजककाे जिम्मेवारी  सुन्तली तामाङले पाउनु भएको छ।

 उक्त उपसमितिले चैत ३र ४ गते हुने दशौं जिल्ला अधिवेशन सभ्य र भव्यताका साथ सम्पन्न गरिने विश्वास लिइएको छ।