फाल्गुन ३०
काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीकाे भनाइ र गराईमा फरकपन देखिएको महशुस भएको बताउनु भएको छ। आज संसदमा बाेल्दै उहाँले रास्वपा प्रती व्यङ्ग गर्दै नयाँ दल पनि राजनीतिक खेलमा पटकपटक मुछिन थालेकाे भन्दै कटाक्ष गर्नु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा राखेको विश्वासको मतको प्रस्तावका विपक्षमा बोल्दै सांसद शर्माले नयाँ राजनीतिक दलहरू परिपक्व हुँदै गएको बताएउनु भएको हो।शर्माले पुराना नेताहरूलाई अब प्रधानमन्त्री बनाउनुहुन्न भन्नेहरू तिनै नेताहरूलाई प्रधानमन्त्री बनाउन कुदिरहेको बताउनु भयो ।
उहाँले नयाँ दलले उर्जा थपेर साथिहरुलाई कल्पना भन्दा माथि उठेर वास्तविकतामा ल्याउनु पर्ने तर उल्टै पुराना दललाई प्रधानमन्त्री बनाउन सघाएको आराेप लगाउनु भयो । शर्माको अनुसार सत्तामा नपुगेसम्म नाे नट अगेन सत्तामा पुग्ने बाटो बनेपछि अगेन टु अगेनकाे खेलमा नयाँ दलकाे भूमिका देखिन्छ ।


