गठबन्धन दलहरु बीच राजनीतिक सहमति

+
-

फाल्गुन ,२९
काठमाडौ । सत्ता गठबन्धनका पाँच राजनितीक दलहरु बीच सात बुँदे सहमति भएको छ। जनचाहना अनुसार नेपालकाे विकास ,समृद्धि ,सुशासन र राष्ट्र , राष्ट्रहितका खातिर पाँच राजनितीक दलकाे आपसि समझदारीमा नेपालकाे मर्म र भावनालाई टेकेर समृद्धिकाे दिशामा अगाडि बढने सहमति भएको छ।

नेकपा एमाले ,नेकपा माओवादी केन्द्र , रास्वपा, एकीकृत समाजवादी र जसपा बीच यस्तो सहमति भएको हो । आज बालुवाटारमा गठबन्धन दलका शिर्ष नेताहरुकाे छलफलपछि साे सहमति भएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलि , माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल , नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल ,रास्वपा सभापति रवी लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेकाे पत्रमा देशमा शान्ति ,समृद्धि र दिगाे विकासको निम्ति संविधानकाे मर्म अनुसार राजनीतिक सहमति गरिएको बताइएको छ।