लायन्स क्लब अफ काठमाडौ लर्ड बुद्धले दुइवटा क्लबलाई प्रदान गर्याे आधिकारिता

+
-

फाल्गुन २६ शनिबार 
काठमाडौ । लायन्स क्लब अफ काठमाडौ लर्ड बुद्दले यस वर्ष नयाँ दुईवटा क्लब स्थापना गरेको छ । त्यसमध्ये लाइन क्लव अफ काठमाडौ काभ्रे गाेसाईथान र लाइन क्लव अफ काठमाडौ बुद्द आयुर्वेदादा हो । उक्त क्लवले आज काठमाडौमा एक कार्यक्रम आयाेजना गरि दुवै क्लबलाई आधिकारिकता प्रदान गरेको छ।

क्लबका अध्यक्ष बदन कुमार भण्डारीको अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा विभिन्न क्लबका लायन्सहरुसँग अन्तरक्रिया तथा छलफल समेत गरिएको थियो ।

उक्त अन्तरक्रियामा क्लबका डिष्टिक ३२५ आई नेपालका गभर्नर चन्द कुमार केसी , डिष्टिकका सचिव महेश पाण्डे र डिष्टिक चिफ बिष्णु भण्डारीले फरकफरक विषयमा बाेल्नु भएको थियो ।नेपाल गभर्नर चन्द कुमार केसीले दान पुण्य पाउनकाे लागि लाइन्स क्लब महत्त्वपूर्ण प्लेट फर्म हो र यसमा गरेकाे कामले जिवनभरि आत्मा सन्तुष्ठि प्राप्त हुने उहाँले विश्वास व्यक्त गर्नु भयो । याे जीवन सेवा गर्नकाे लागि भगवान्ले दिएकाे उपहार हो भन्दै उपस्थित सम्पुर्ण लायनहरुलाई प्रेरणा प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा डिष्टिक सचिव महेश पाण्डेले अन्तर्राष्ट्रिय लाइन्स क्लबकाे इतिहास , आर्थिक पारदर्शिता , लायन्स क्लबकाे विश्वव्यापि संगठनकाे संरचना, संस्थाका कार्यालय संचालनकाे पद्धति आदिकाे बारेमा उपस्थित लायनहरुलाई जानकारी गराउनु भएको थियो ।

लायन्स क्लकाे अन्तर्राष्ट्रिय महत्त्वकाे बारेमा डिष्टिक चिफ बिष्णु भण्डारीले बाेल्दै याे क्लबले हामीलाई आत्मा संन्तुष्ठि र सेवाभावले समाजमा सेवा गर्ने अबसर प्राप्त हुने बताउनु भएको थियो । उहाँले याे संस्था मार्फत व्यक्तित्व र नेतृत्व विकास हुने भन्दै  आत्माबल र वाककला बढदै जाने धारण राख्नु भयो ।लायन्स क्लब अबसरै अबसर भएको ठाउँ रहेकाेले आज पनि याे संस्था १०६ वर्ष पुरानाे विधानबाट विश्व भरि चलिरहेको विश्वास राख्नु भयो । 

कार्यक्रममा इन्स्पाएर अफ लिडर  रिजन कन्फरेन्स कार्यक्रम सहित फरक काम गरेका लायनहरुलाई सम्मान गरिएको थियो । साथै नयाँ क्लबका प्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण पनि गरिएको हो ।