भाेलि महाशिवरात्री गाेसाइस्थानमा १ सय ८ शिवलिङ्गकाे प्राण प्रतिष्ठा गरिने

+
-

फाल्गुन २४ बिहीबार
काभ्रेपलान्चोक । काभ्रे जिल्लाकाे बनेपा नगरपालिका वडा नम्वर ६ मा रहेको पवित्र तिर्थ स्थल गाेसाईस्थानमा महाशिवरात्रीकाे पावन अबसरमा मेला लाग्ने भएको छ।  भाेलि शुक्रबार परेकाे महाशिवरात्रीकाे अबसरमा उक्त स्थानमा निर्माण भएकाे १ सय ८ शिवलिङ्गकाे प्राण प्रतिष्ठा तथा विषेश पूजा हुन लागेको हो ।

नवनिर्मित १ सय ८ शिवलिङ्गकाे प्राण प्रतिष्ठा गरिनुका साथै वैधिक विधि अनुसार भगवानकाे पूजा आरधना गरि शिवपूजन विधिले अभिषेक गरिने गाेसाईस्थान संरक्षण समितिका अध्यक्ष तथा युवा समाजसेवी भेषराज शाहले टुकी नेटवर्कलाई जानकारी दिनु भयो ।

निर्माण सम्पन्न उक्त शिवलिङ्ग गाेसाइस्थान संरक्षण समितकाे संयाेजनमा विभिन्न संघ- सस्था, समाजसेवी , बुद्धिजीवी व्यापारी  तथा पराेपकारी मनहरुकाे २२ लाख आर्थिक  सहयोगमा स्थापना भएको  आयाेजकले बताउनु भएको छ।

महाशिवरात्रीकाे पावन अबसरमा सम्पन्न हुन लागेकाे प्राण प्रतिष्ठा , शिव पुजन तथा रुद्राभिषेकमा सहभागीता जनाई पुण्य प्राप्त गर्न सम्पुर्ण भक्तजनहरुलाई विषेश अब्हान गरिएकाे छ। याे  एउटा ऐतिहासिक पुण्य प्राप्त गर्ने अबसर भएकोले काभ्रे जिल्ला लगायत छिमेकी जिल्ला र अन्य भक्तजनहरुलाई पनि भगवानकाे दर्शन गर्न अध्यक्ष शाहले निम्ता गर्नु भएको छ।