तेमाल विद्दुत सहकारीको १६अौ साधरण सभा, विधि र प्रकृया माथि प्रश्न

+
-

फाल्गुन १५ मंगलबार ,२०८०
काभ्रेपलान्चोक । तेमाल विद्युत सहकारी तेमाल गाँउपालिकाकाे १६ अौ साधरण सभा सम्पन्न भएको छ। साेमवार एक समाराेहका बीच सम्पन्न साधरण सभाले सार्किमान तामाङलाई अध्यक्ष बनाएको छ। साधरण सभाले सार्किमान तामाङको अध्यक्ष्ातामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

तर सहकारीले गरेको साधरण सभा प्रती बैधानिकताकाे प्रश्न उठेको छ। तेमाल गाँउपालिकामा सहकारी ऐन अन्तर्गत स्थापना भएको तेमाल विद्दुत सहकारीमा लगभग ५ हजार सेयर सदस्य रहेकाेमा दलिय भागबण्डामा साधरण सभाकाे विधि विपरीत गरेको भन्दै गुनासो बाहिर आएको छ।

सेयर सदस्य कुवाङ्चु लामाले असहमति जनाउद‌‌ै सहकारी संचालनकाे विधि र प्रकृयामा ख्याल गर्न र सराेकारवाला पक्षसँग उठेका प्रश्नहरुकाे जवाफ माग्नु भएको छ। उहाँले समय र परिस्थिति सधैं आफ्नो मात्रै काबुमा नहुने भन्दै सहकारीमा दलिय भागबण्डामा सिमित दल सहभागी भएको र अन्यलाई पाखा लगाइएको आराेप  लगाउनु भएको छ। साधरण सभामा सेयर सदस्यहरु  सबै १२६ उपस्थित  हुनु पर्नेमा  उपस्थिति ५१ भन्दा माथी नभएको दावी गर्दै यसकाे वैधानिकता माथि प्रश्न उठाउनु भएको हो ।

उहाँका अनुसार सिमित व्यक्तिको उपस्थितिमा बनेपामा बैठक टुंग्याइएकाे थियो । “संस्थामा सिन्डिकेट राम्रै देखियो, तर काम पारदर्शिता र राम्रो होस तपाईंहरुले सेयर सदस्यहरुलाई नदेखे, नचिने पनि सेयर सदस्यहरूले देख्ने छन।” लामाले आक्राेश पाेख्नु भएको छ।

साधरण सभा नै विधि ,प्रकृया विपरीत भएको भन्ने बारे थप जानकारी लिन संस्थाका निवनिर्वाचित अध्यक्ष सार्किमान तामाङलाई सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकेन् । तर तेमाल विद्दुत सहकारीको साधरण सभा नियम, विधि,प्रकृया र सहकारी ऐन अन्तर्गत सम्पन्न भएको आधिकारिक श्राेतले बताएको छ।