कवि अमर दिप सुनुवारकाे एकल कविता वाचन

+
-

फाल्गुन १४ साेमबार 

काठमाडौं । कुनै समय काभ्रेमा सहायक प्रमुख जिल्ला अधिकारी भएर सेवा गर्नु भएका राष्ट्रसेवक कर्मचारी तथा कवि अमर दिप सुनुवारकाे एकल कविता वाचन सम्पन्न भएको छ।शनिबार ललितपुरको सातदोबाटोस्थिति शुभलाभ सभाहलमा एक  समारोह बीच कविता वाचन गरिएको हो ।

उक्त समारोहमा युवा कवि सुनुवारले डेढ दर्जन कविता सुनाउनु भएको थियो । फरकफरक प्रकृतिकाे कविताहरु सहित आफ्नी आमा यसोदा सुनुवारलाई साछि राखेर ‘आमा’ शीर्षककाे  रचना पनि  सुनाउनु भएको थियो ।

यसैगरी ‘सुपर मार्केट’, ‘आधुनिक चराहरू’, ‘आस्थाहरू’, ‘मेरो गाउँ’, ‘सहिद गेटसितका प्रश्नहरू’, ‘मेरो लिखु’, ‘वाग्मती प्रेम’, ‘सगरमाथा चढिरहेको आरोही’, ‘राष्ट्रगान गाइरहेका बालबालिका’, ‘एक गैरआवासीय नेपालीको डायरी’, ‘बगरका ढुंगाहरू’ डेढ दर्जन शीर्षक कविता वाचन गर्नु भएको थियो ।

लामाे समय काभ्रे जिल्ला प्रशासनमा रहेर सेवा गर्नु भएका उहाँ हाल ललितपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ। कवि सुनुवार  सार्हौ मिलनसार , सरल र काेमल स्वभावकाे हुनुहुन्छ । प्रकृति ,प्रेम र समाजसँग नजिक रहेर कविता लेख्नु हुने सुनुवारले विद्यालय अध्ययनकालदेखि नै कविता सिर्जना गर्दै आउनु भएको थियो ।  उहाँले अबका दिनमा कृतिगत रूपमा अघि बढने बताउनु भएको छ।

कार्यक्रममा उपस्थित आगन्तुकहरुले उहाँको व्यक्तित्व र कृतिको बारेमा धारणा राख्नु भएको थियो ।स्रष्टा र सिर्जनाबारे नेपाली चलचित्र निर्देशक, निर्माता तथा लेखक प्रकाश सायमी, संगीतकार प्राज्ञ शान्तिराम राई र कवि विमला तुम्खेवालगायतले बोल्नु भएको थियो