किरण खरेललाई जगदम्बाश्री

+
-

काठमाडौं । मदन पुरस्कार गुठीले गीतकार किरण खरेललाई २०८२ सालको जगदम्बाश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। गुठीको साधारण सभाले छ दशकदेखि गीत लेखनमा निरन्तर सक्रिय खरेललाई नेपाली गीत–संगीत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै जगदम्बाश्री दिने निर्णय गरेको हो।

गुठीका अनुसार खरेलले नेपाली गीत लेखनमा लामो समयदेखि योगदान दिँदै आएका छन्। उनका गीतहरूले नेपाली संगीतको क्षेत्रमा महत्वपूर्ण प्रभाव पारेको भन्दै पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

मदन पुरस्कार गुठीले नेपाली भाषा, साहित्य, संगीत तथा संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टा तथा संस्थालाई मदन र जगदम्बाश्री पुरस्कार प्रदान गर्दै आएको छ।