धुलिखेल – खावा सडक खण्डमा अनशन बसिरहनु भएका गौतमलाई सांसद ढकालकाे ऐक्यबद्धता

+
-

फाल्गुन ११ शुक्रबार ,२०८०
काभ्रेपलान्चोक । जिल्लाको धुलिखेल–खावा सडक खण्डमा  अनशन बसिरहनु भएका जिल्ला समन्वय समिति काभ्रेका  दिपक कुमार गौतमलाई नेकपा माओवादी केन्द बागमती प्रदेशका सचेतक  तथा पुर्व मन्त्री रत्न प्रसाद  ढकालले ऐक्यबद्धता जनाउनु भएको छ।  आजबाट सुरु भएको आमरण अनशनमा प्रमुख गौतमलाई बागमती प्रदेशका सांसद समेत रहनु भएका ढकालले आफ्नो र पार्टीको तर्फबाट  ऐक्यबद्धता रहेको  बताउनु भएको छ।

ऐक्यबद्धता पत्रमा उहाँले” गौरी पार्वती निर्माण सेवा प्रालि ले २२ महिना पूरा गरिसक्दा पनि निर्माण कार्यमा ढिला सुस्ति गरेकाे र नागरिकहरुले दैनिक सास्ती भाेग्दै दुर्घटनामा अंगभंग हुने गरेको साथै मृत्युु समेत भएको घटनाले दु:खी बनाएको भन्नू भएको छ।”  पटकपटक ताकेता गर्दा पनि निर्माण कम्पनीले लापरबाही र बेवास्ता गरि समयमा काम सम्पन्न नगरेकाेमा सांसद ढकालले आपत्ति व्यक्त गर्नु भएको छ।