कार्यसम्पादन मूल्यांकनमा राेशी गाउँपालिका पहिलो पनौती नगर अन्तिम

+
-

फाल्गुन १० बिहीबार
काभ्रेपलान्चोक । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगकाे कार्यसम्पादन मूल्यांकनमा राेशी गाँउपालिका पहिलाे र पाँचखाल नगरपालिका दाेस्ाे  हुन सफल भएको छ।  बुधबार सार्वजनिक गरिएको  आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा जिल्लाको १३ स्थानीय तहहरू मध्ये रोशी गाउँपालिका पहिलो, पाँचखाल नगरपालिका दोस्रो र चौरीदेउराली गाउँपालिका तेस्रो भएका छन ।

आयोगको नतिजा अनुसार रोशीले ४८.३९ अंक प्राप्त गरेर पहिलो, पाँचखाल नगरपालिकाले ४१.७३ अंक प्राप्त गरेर दोस्रो, तथा चौरीदेउराली गाउँपालिकाले ३९.५८ अंक प्राप्त गरेर  तेस्रो भएका हुन ।

नगरपालिकामा  पाँचखाल पहिलो, धुलीखेल दोस्रो र  बनेपा तेस्रो स्थानमा छन्  । त्यस गरि  बनेपा नगरपालिकाले ३७.५ अंक, महाभारत गाउँपालिकाले ३४.२२ अंक, तेमाल गाउँपालिकाले २८.२४ अंक, नमोबुद्ध नगरपालिकाले २८ अंक, पाएका छन् ।

खानीखोला गाउँपालिकाले २६.३४ अंक प्राप्त गर्न सफल भएको छ भने  बेथानचोक गाउँपालिकाले २५.४४ अंक, मण्डनदेउपुर नगरपालिकाले २२.२८ अंक र भूम्लु गाउँपालिकाले १९.५० अंक र  १८.८२ अंकका साथ पनौती नगरपालिका अन्तीममा परेको छ ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको थियो । असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्त भित्र बजेट पारित गरेर/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे / नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/ नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे÷नगरेको जस्ता सूचकहरु छन् ।

आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भ जाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पुर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका आधारमा मूल्याकंन गरिएको छ ।