फाल्गुन ७ ,२०८०
काभ्रेपलान्चोक । बृहत काभ्रे कृषि महाेत्सवकाे आजबाट समापन भएको छ। बनेपाकाे तिनदाेबाटाे स्थित करुणामार्गदेखि प्राधिकरण चाेकसम्मलाई प्रदर्शनि स्थल रहेकाे उक्त महाेत्सवलाई राष्ट्रपति रामचन्द्र पौडेलले उदघाटन गर्नु भएको थियो ।
आजको समापन कार्यक्रमलाई सम्वाेधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख तथा महाेत्सव मुल आयाेजक समितिका संयाेजक दिपक कुमार गौतमले समापन गर्नु हुदै कृषि सम्मानित पेसा रहेको बताउनु भयो ।


महाेत्सव सफल पार्न सहयोगी भूमिका निर्वाह गर्नु हुने सबै प्रती आभार प्रकट गर्दै प्रमुख गौतमले भन्नुभयो , ” याे महाेत्सव किसानलाई उत्पादनसँग जाेडन काेसेढुङ्गा सावित भएको छ। श्रम गर्नेलाई सम्मान दिनसके काभ्रेमा कृषिको सम्भावना प्रशस्त रहेको बताउनुभयो । ” किसानले बजारमा पुर्याउन नसकेको उत्पादले बजार पाउने माध्यम यस्तै मेला महाेत्सव रहेकाे उहाँको भनाइ छ।
प्रदर्शनी स्थलमा प्लेटिनम, डायमण्ड, गाेल्डेन, सिल्भर स्टलहरु राखिएको थियो । महाेत्सवकाे सुरु दिन फाल्गुन ४ गते काभ्रे र सिन्धुपाल्चोकका उत्कृष्ट कृषकलाई राष्ट्रपति पौडेलले पुरष्कृत गर्नु भएको थियो ।

चार दिनसम्म चलेकाे महाेत्सवमा दैनिक २० हजार मानिसले अबलोकन गरेको आयाेजककाे अनुमान रहेको छ। महोत्सवमा जिल्लाका १३ वटै पालिकाका किसानहरुले आफ्ना उत्पादन विक्रि तथा प्रदर्शनिमा राखेका थिए । प्रदर्शनिमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफुल बाली, तरकारी बाली, मसला बाली, च्याउ बाली, मौरी वा मह, नर्सरी तथा आलंकारिक विरुवाहरु, दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन र मत्स्यजन्य परिकार, उत्पादन र प्रशोधनसँग सम्वन्धित उपकरणहरु, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारहरु, वित्तिय सेवा कर्जा सम्वन्धी परामर्श , होमस्टे एवं लघु तथा साना उद्यमीहरुका स्टल रहेका थिए।

उदघाटन सत्रकाे दिनमा गायक जीवन शर्मा, चेतन सापकोटा, जितु लोप्चन, विशाल काल्तान लगायतको प्रस्तुतीमा सबैले भरपुर मज्जा लिए ।
शनिवार चर्चित गायक एलिना चौहान, प्रताप दास, मञ्जु पौडेल, गोकुल राउत, अमृत खाती, अमृता लुंगेली मगरको गितमा रमाएका दर्शकले राती सवा ८ बजेसम्म बसेर कलाकार मनोज गजुरेलको प्रस्तुती हेरे ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान काभ्रेका अध्यक्ष धनपति दाहाल लगायत कलाकारले पनि हरेक दिन आफ्नो प्रस्तुतीमार्फत माहोल सिर्जना गरिरहेका छन् ।

आइतबार गायक रचना रिमाल, लोक तथा दोहोरी गायिक शान्ती श्री परियार, खुमन अधिकारी लगायतको प्रस्तुती रहेको आयोजकले जनाएको छ ।
आज अन्तिम दिन नवराज घोरासैनी, खुमन अधिकारी, बद्री पंगेनी लगायत चर्चित कलाकारहरूको प्रस्तुत रह्यो।


