फाल्गुन ४ शुक्रबार
काभ्रेपलान्चोक । बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेलले बागमती प्रदेश सरकारले कृषि क्षेत्रमा काम देखिने गरि महत्व दिएकाे बताउनु भएको छ।
शुक्रबार काभ्रेको बनेपामा आयाेजित काभ्रे कृषि महाेत्सवकाे उदघाटन सत्रलाई सम्वाेधन गर्दै मुख्यमन्त्री जमरकट्टेलले बागमती प्रदेश सरकारले समुदायमा आधारित पकेट क्षेत्र कृषि उत्पादनलाई महत्त्व दिने गरि याेजना बनाएको प्रस्ट पार्नु भएकाे छ।
“उहाँले बागमती प्रदेशकाे ८५ वटा पालिकामा सरकारले किसानलाई समुदायसँग जाेडेर उत्पादन सुरु गर्न लागिएको र आज नै धुलिखेलमा पालिकाका प्रशासकिय अधिकृत र सराेकारवाला पक्ष बीच छलफल चलाइएको बताउनु भयो । अबका दिनमा स्थानीय तह वडा र पालिकाले किसानका उत्पादन किनिदिएर बजारकाे उचित व्यवस्थापन गरिदिन अनुराेध गर्नु भएको छ। “
संघीय सांसद गाेकुल बास्काेटाकाे प्रश्नकाेे उत्तर दिदै मुख्यमन्त्रीले किसानलाई मल अभाव नभएको तर वितरण प्रणालीमा गलत भएको स्विकार गरेनु भएको थियो ।कुनै पनि किसानलाई नितिगत कारणबाट मल वितरणमा अफ्ठ्याराे नपार्ने उहाँको भनाइ रहेको छ।


