फाल्गुन ४ ,२०८०
काभ्रेपलान्चोक । आजबाट बृहत काभ्रे कृषि महाेत्सवकाे सुरु हुदै छ। बनेपाकाे तिनदाेबाटाे स्थित करुणामार्गदेखि प्राधिकरण चाेकसम्मलाई महाेत्सव स्थान ताेकिएकाे छ।महाेत्सवकाे प्रदर्शनि स्थल रहेकाे उक्त स्थानलाई झकि-झकाउ बनाइएकाे छ।
तिनदाेबाटाे देखि लायकु राज भवन र नौ नम्वर वडा कार्यालयकाे प्रङ्गणमासम्म गरि सयौं प्रदर्शनि तथा विक्रि स्टलहरु राख्ने गरि तयारीका सम्पुर्ण काम पुरा भएकाे महाेत्सव मुल आयाेजक समितिका संयाेजक दिपक कुमार गौतमले जानकारी दिनु भयो ।
महोत्सवमा जिल्लाका १३ वटै पालिकाका किसानहरुले आफ्ना उत्पादन विक्रि तथा प्रदर्शनिकमा राख्ने छन् । साथै अन्नबाली, दलहन बाली, नगदेबाली, फलफुल बाली, तरकारी बाली, मसला बाली, च्याउ बाली, मौरी वा मह, नर्सरी तथा आलंकारिक विरुवाहरु, दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन र मत्स्यजन्य परिकार, उत्पादन र प्रशोधनसँग सम्वन्धित उपकरणहरु, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारहरु, वित्तिय सेवा कर्जा सम्वन्धी, होमस्टे एवं लघु तथा साना उद्यमीहरुका स्टल रहने छन् ।
प्रदर्शनि स्थलमा रंगिन छाना भएको सामाग्री प्रयाेग भएका छन भने चार वटा स्वागत गेटहरु राखिएको छ। साे स्थानमा सडक पेटि खालि छन् । पिच सडककाे दुई भागमा स्टल राखिने र बीचबाट हिड्न मिल्ने बनाइएको छ। साे सडक खण्डमा सवारी आवगमन निशेध गरिएको सुचना मार्फत सर्वसाधारणलाई जानकारी गराइसकिएकाे छ। उदघाटन सत्रकाे कार्यक्रमका निम्ति लायकु राज भबनमा सानदार मञ्च बनिरहेकाे छ।
महाेत्सवलाई सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलले समउदघाटन गर्नु हुनेछ । उक्त समाराेहमा विभिन्न तहका उच्च पदस्त अधिकारी तथा विदेशी पाहुनाहरुकाे सहभागीता रहने जनाइएको छ।


