कृषि महाेत्सव : झकि झकाउ बन्याे तिनदाेबाटाे देखि लायकु राजभवन सम्म

+
-

फाल्गुन २ बुधबार ,२०८०
काभ्रेपलान्चोक । फाल्गुन ४ गते देखि सुरु हुने बृहत काभ्रे कृषि महाेत्सवकाे लागि बनेपाकाे करुणामार्गमा तिनदाेबाटो देखि प्राधिकरण चाेकसम्मकाे स्थान श्रृंगारीन थालिएको छ। महाेत्सवकाे प्रदर्शनि स्थल रहेकाे उक्त स्थानलाई झकि-झकाउ बनाउन लागिएको हो ।

तिनदाेबाटाे देखि लायकु राज भवन र नौ नम्वर वडा कार्यालयकाे प्रङ्गणमासम्म गरि सयौ प्रदर्शनि तथा विक्रि स्टलहरु राखिने तयारी भइरहेको महाेत्सव मुल आयाेजक समितिका संयाेजक दिपक कुमार गौतमले जानकारी दिनु भयो ।

महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफुल बाली, तरकारी बाली, मसला बाली, च्याउ बाली, मौरी वा मह, नर्सरी तथा आलंकारिक विरुवाहरु, दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन र मत्स्यजन्य परिकार, उत्पादन र प्रशोधनसँग सम्वन्धित उपकरणहरु, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारहरु, वित्तिय सेवा कर्जा सम्वन्धी, होमस्टे एवं लघु तथा साना उद्यमीहरुका स्टल रहने उहाँले जानकारी दिनु भयो ।

प्रदर्शनि स्थलमा रंगिन छाना भएको सामाग्री प्रयाेग भएका छन भने चार वटा स्वागत गेटहरु राखिएको छ। साे स्थानमा सडक पेटि खालि छन् । पिच सडककाे दुई भागमा स्टल राखिने र बीचबाट हिड्न मिल्ने बनाइएको छ। साे सडक खण्डमा सवारी आवगमन निशेध गरिएको सुचना मार्फत सर्वसाधारणलाई जानकारी गराइसकिएकाे छ।  उदघाटन सत्रकाे कार्यक्रमका निम्ति लायकु राज भबनमा सानदार मञ्च बनिरहेकाे छ।

जिल्ला समन्वय समितिका प्रमुख तथा महाेत्सव मुल आयाेजक समितिका संयाेजक गौतमले आज उक्त स्थानकाे  निरिक्षण गर्नु भएको छ।