फाल्गुन २ बुधबार ,२०८०
काभ्रेपलान्चोक । बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्यले नगर भित्रका प्राइभेट बाेर्डिङ विद्यालय र सामुदायिक विद्यालयकाे असमानता हटाउन काम गरिने बताउनु भएको छ। आज काभ्रेको बनेपमा क्षितिज बाेर्डिङ स्कुलकाे वार्षिकोत्सब समाराेहमा सम्वाेधन गर्दै मेयर शाक्यले बनेपा नगरका सबै विद्यालयकाे भौतिक र शैक्षिक स्तर समान हुने गरि काम गरिने बताउनु भएको हो ।
उहाँले बनेपाका प्राइभेट र सामुदायिक विद्यालयमा एकैखाले पाेसाक लागू गरिने तयारी भइरहेको खुलासा गर्नु भयो । “विद्यालयमा फरक फरक पाेसाककाे कारण विद्यार्थीमा हिनताबाेध हुने गरेकाे छ। विद्यार्थीले आफुलाई महंगो र सस्ताे विद्यालयमा पढेकाे भान गर्ने गरेका छन् । महंगो विद्यालयमा पढने राम्रो र अब्बल तर सस्तो वा सामुदायिक विद्यालयमा पढने विद्यार्थी कमजाेर हुन्छन् भन्ने मानसिकताले समाजमा शैक्षिक विभेद सिर्जना गरेकाे छ।” त्यसैले पाेसाकमा समानता ल्याउन सके शैक्षिक सुधारमा सुधार ल्याउन सहज हुने मेयर शाक्यकाे धारण रहेको थियो ।
अबका दिनमा क्षितिज स्कुलले आजाद स्कुलसँग र वेलर स्कुलले हिमालय स्कुलसँग प्रतिस्पर्धा गर्ने उदाहरण दिदै सामुदायिक विद्यालय पनि बाेर्डिङ स्कुलसँग प्रतिस्पर्धा गर्ने दिन नजिकै आइसकेको बताउनुभयो ।


