अ+
अ
अ-
फाल्गुन १ मंगलबार ,२०८०
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव पत्र बुझाएको छ। आज रास्वपा सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेकाे समुहले प्रधानमन्त्रि दाहाललाई लघुवित्त तथा सहकारी पिडितलाई संरक्षण गर्ने विषयमा सुझाव पत्र बुझाएको हो ।
रास्वपाले बुझाएको सुझाव पत्र बुझ्दै प्रधानमन्त्री दाहालले सहकारी र लघुवित्त पीडितको पक्षमा आफू चिन्तित भएको बताउनु भएको छ। उहाँले भन्नू भयो ,” सहकारी र लघुवित्तले पीडित बनाएका नागरिकका बारेमा के गर्ने भनेर बुझिरहेकाे छु । अब तपाईंहरुकाे साथ सहयोग र सुझाव चाहियाे । पीडितहरुकाे उद्दर गर्नु पर्छ , समस्य झन झन जटिल हुदै गएको छ।” सबै मिलेर समाधानकाे बाटो राेज्नु पर्ने प्रधानमन्त्रीकाे धारण रहेको छ।


