माघ २८ आइतबार , २०८०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई किन बयान नलिएको भनी गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गर्नु भएको छ।
आइतबार राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सभापति लामिछानेले गृहमन्त्री श्रेष्ठलाई प्रश्न गर्दै ,” बाँसवारी जग्गा प्रकरणमा वािनेद चौधरी पनि दाेषी हुन सक्ने भन्दै किन पक्राउ नगरिएको भनी साेध्नु भएको थियो । उहाँले पक्राउ परेका अरुण चौधरीको जति नै विनोद चौधरीको पनि शेयर देखिएकोले उनलाई किन अनुसन्धान नगरिएको भनी प्रश्न गर्नु भएको हो ।”
लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा राम बहादुर थापाका छाेरा भेटिएका छन् कि छैनन् भनी पक्राउ पर्न बाँकी रहेकालाई किन किन नसमातेकाे भनी त्यसकाे जवाफ माग्नु भएको हो । उहाँले आफू गृहमन्त्री हुँदा गरिएको निर्णय खारेज भएपछि साे प्रकृया कहाँ पुगेकाे छ जानकारी ग,ाउन आग्रह गर्नु भएको थियो ।


