अ+
अ
अ-
माघ २५ बिहीबार ,२०८०
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीकाे केन्द्रिय सार्वजनिक मामिला विभागको सदस्यकाे जिम्मेवारी समीर थापा क्षेत्रीले पाउनु भएको छ।
महामन्त्री डाक्टर मुकुल ढकालकाे हस्ताक्षर भएको पत्रमा समीर थापा क्षेत्रीलाई केन्द्रीय सार्वजनिक मामिला विभागकाे सदस्य बनाइएको उल्लेख गरिएको छ।
पत्रमा भनिएको छ, पार्टीको नीति विधान र नियमावली अनुसार तपाईंलाई कार्यक्षमता र दक्षताकाे आधारमा केन्द्रीय सार्वजनिक मामिला विभागको जिम्मेवारी प्रदान गरिएको हो ।
उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्र हस्तान्तरण गर्नु भएको छ।


