जनतालाई ढाटेर चुनावमा भाेट लिने प्रवृत्तिकाे अन्त्य हुनुपर्छ : नेतृ झाँक्री

+
-

माघ २२ साेमवार , २०८०
कैलाली । नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सचिव रामकुमारी झाक्रिले दलहरूले चुनावमा जनतालाई झुठा आश्वासन दिन बन्द गर्नुपर्ने बताएकी छिन ।

साेमवार समाजवादी प्रेस संगठन कैलालीकाे आयाेजनामा भएकाे पत्रकार सम्मेलनमा बाेल्दै नेता झाँक्रीले संकटग्रस्त क्षेत्रका घरपरिवारलाई झुठा आश्वासन देखाउने गरेकाे बताएकी हुन ।
निकुञ्ज, वन, कारागार लगायतका संकटग्रस्त छन । त्यस्ता ठाउँमा आधारभुत सुविधा दिन मिल्दैन उनले भनिन तर, चुनावका बेला सबै सुविधा दिन्छु भनेर भाेट माग्छन् । त्याे गर्नु गलत हाे ।

उनले शुक्लाफाँटा निकुञ्ज र कैलाली कारागार नजिक बनेका घरलाई उदाहरण दिँदै भनिन् निर्वाचनकाे समय म पनि मन्त्रीसंग शुक्लाफाटा गएकी थिए । त्यहाँ मैले बाेल्न त पाईन । मैले बाेल्न पाए स्पष्ट भन्थे कि बफर जाेनमा लालपुर्जा पाउदैन् । सेन्सेटिभ जाेन (संकटग्रस्त क्षेत्र)  कहाँ हाे सबै थाहा छ । हामीले अन्तराष्टिय कानुनमा पनि हष्ताक्षेर गरेका छाै। त्यस्ता ठाउमा झुठाे बाेलेर खाली भाेट बैंक नबनाउ ।

उनले सामाजिक विषयमा स्पष्ट रहने गरेकाे बताउँदै मैले यही शब्द भने दुई दिन गाली गर्लान तर गाली गरेर समस्या समाधान हुँदैन र झुठले पनि समस्या समाधान हुँदैन ।