माघ,१७ बुधबार ,२०८०
काठमाडौँ। सेफ्स एशोसिएसन अफ नेपालको २८अौ साधरण सभा सम्पन्न भएको छ। काठमाडौमा सम्पन्न सभाले रेशमकुमार लामा तामाङकाे अध्यक्ष्ातामा १७ सदस्यीय कार्य समिति निर्वाचित भएका हो ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा ठाकुरप्रसाद पौडेल, उपाध्यक्षमा बद्री खड्का, महासचिवमा पदमबहादुर आलेमगर, सचिवमा हेमराज पौडेल र कोषाध्यक्षमा सुनिल तामाङ निर्वाचित भएका छन । त्यस्तै, कार्यसमितिको सदस्यहरुमा लक्ष्मण तामाङ, श्रीराज केसी, सुन्दर श्रेष्ठ, राजकुमार लामा, रामचन्द्र धरेल, सूर्यप्रसाद बस्याल, इन्द्रबहादुर अर्याल, उमेश भुवाई र रमेश श्रेष्ठ निर्वाचित भएका हुन ।
उक्त एशाेसियसन नेपाल तथा विदेशका तारे होटल तथा रेष्टुराँमा कार्यरत नेपाली सेफ्सहरूको हक, हित र अधिकारको रक्षाका लागि स्थापना भएको हो । संस्था वि.सं २०५३ मा स्थापना भएको थियो । हाल एशोसिएसनमा एक हजार पाँच सयभन्दा बढी सदस्यकाे आवद्धता रहेको संस्थाले जनाएको छ।


