माघ १६ मंगलबार ,२०८०
काठमाडौ । केही साता अघिदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा खैलाबैला मच्चिएको छ। काेशि प्रदेशमा राप्रपाले सभामुख लिएसँगै चुलिएको पार्टी भित्रकाे विवाद सतहमा देखिएको हो । यस अधि संघीय सरकारमा सहभागी हुँदा पनि राप्रपामा मत विभाजन भएको थियो ।
राजेन्द्र लिङ्देन र प्रकाश चन्द्र लाेहनी बीच सरकारमा जान नहुने भन्दै दुई धार देखिएको थियो । तर राप्रपा सरकारमा गयो र त्यसै गरि बाहिरियाे । अहिले काेशिकाे प्रदेशमा सभामुख पद लिएर असन्तुष्ट पक्षकाे विराेध सामाजिक संजाल र सभा सम्मेलनमा दाेहाेरी चलेकाे छ ।
अध्यक्ष राजेन्द्र लिङ्देलले एक कार्यक्रममा राप्रपा नबुझेका रविन्द् मिश्रले धेरै बाेल्नु राम्रो नभएको भन्दै मिश्र प्रती असन्तुष्टि जनाउनु भयो । उहाँको भनाइ लगत्तै मिश्रले राप्रपा के हो भनेर आफुले भर्खर बुझेकाे र राजनीतिमा बामे सर्दै गरेकाेले संयाेजक समुहले गरेको निर्णय स्विकार्ने व्याङ्गात्मक अभिव्यक्ति दिनु भएकाे थियो ।
हिजाे मात्रै अध्यक्ष लिङ्देलले एक समारोहमा मिश्र प्रती लक्षित गर्दै ड्राइभ हुँ भन्ने तर गाडी चलाउन नआउनेकाे बसमा चढेर नहिड्ने बताउनु भयो । उहाँका अनुसार,” मिश्र सिपालु ड्राइभर भएको भए पुरानो पार्टी राम्रोसँग चलाएर बस्थे , आफुले जन्माएको दललाई हाँक्न नसक्ने अनि ड्राइभ हु भन्ने ? सिकारु ड्राइभरले चलाएको गाडीमा म कसरी हिडौं ? आफ्नो पार्टी चलाउन नसकेको व्यक्तिले राप्रपालाई आफू अनुकुल चलाउन खाेजेकाे लिङ्देलकाे आराेप छ।
कार्यकर्तालाई ढुक्क भएर आगामी आन्दाेलनमा सहभागी जनाउन अनुराेध गर्नु भएको छ साथै अध्यक्ष लिङ्देलले अबकाे विकल्प राप्रपा नै रहेको दावी गर्दै राप्रपा अरु दलहरु जस्तो नहुने र समृद्ध राष्ट्र निर्माणमा अगाडि बढने भन्दै आश्वस्त तुल्याउनु भएको छ।
अहिले अध्यक्ष लिङ्देल चौतर्फी आक्रमणको सिकार बन्दै गएको प्रष्ट छ । आफ्नो पहिले सन्तान जन्माउन अमेरिका पुगेकी नेतृ रेखा थापालाई पनि देशमा भविष्य नदेखेर अमेरिका गएको भन्दै आलोचना गर्नु भयो । त्यसकाे प्रतिउत्तरमा रेखाले सामाजिक संजाल मार्फत लिङ्देलकाे साताे लिनु भएको थियो ।
यो प्रकृया नियमित दाेहाेर्याउदै लिङ्देलले फेरि एकपटक पार्टी उपाध्यक्ष समेत रहेका मिश्र प्रती आगाे ओकल्नु भएको छ। नेतृत्वको आपसी अन्तरद्वन्दले राप्रपामा दुई धार देखिन थालेको छ। सानाे पार्टी भएर पनि विवादमा फसेपछि राप्रपाको आगामी दिन कस्ताे हुने हो हेर्न बाँकी छ।


