ज्ञानेन्द्र राजा थिएनन् , उनलाई कुशकाे राजा बनाएर काम चलाएको हो :- अध्यक्ष ओली

+
-

माघ १५ आइतबार ,२०८०
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुर्वराजा ज्ञानेन्द्र शाहलाई कुशकाे राजा भएको संज्ञा दिनु भएको छ।  सडकमा राजावादीहरुले गरेका विभिन्न गतिविधिहरु माथि संचारकर्मिले गरेका प्रश्नकाे उत्तर दिदै अध्यक्ष ओलीले ज्ञानेन्द्र कहिले पनि राजा नभएको दावी गर्नु भयो ।

उहाँले भन्नू भयाे , “ज्ञानेन्द्र राजा थिएनन् । उनलाई बाहुनले पुजामा कुशकाे बाहुन थापेर पुजा विधि चलाए जस्तै कुशकाे राजा बनाइएर विधिकाे विधान पूरा गरिएको हो । उनी पुर्व पश्चिम हिडेका छन् । कस कसले के भन्छ त्यसकाे पछि लागेर हाम्रो आबाश्यकता छ भन्छन । यसकाे केही अर्थ छैन। ” अब  गइसकेकाे राजतन्त्र फर्कन नसक्ने उहाँको धारण थियो ।

राजदरबार हत्या काण्डमा ज्ञानेन्द्र दाेषि रहेकाे तर्फ इङ्कित गर्दै अध्यक्ष ओलिले मरि सकेकाे दिपेन्द्रले गाेलि हानेर मारे भन्ने झुट प्रतिवेदन बनाएर आफू चाेखिन खाेजेकाे आराेप लगाउनु भयो । मरेका दिपेन्द्रकाे टाेपी राखेर जाँचबुझलाई साँचाे बनाउने काम भएको भन्दै दरवार हत्याकाण्काे सत्य तथ्य नआएको ओलीकाे दावी छ।