माघ १३ शनिवार ,२०८०
काठमाडौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपाली काङ्ग्रेससँगकाे गठबन्धनमा पुर्नसमीक्षा गर्नु पर्ने अबस्था आएको बताउनु भएको छ। राेल्पाकाे एक कार्यक्रममा कार्यकर्ताहरु बीच कुरा गर्दै नेता पुनले काेशिमा राष्ट्रिय सभाकाे निर्वाचनमा काङ्ग्रेसले देखाएकाे चरित्रले गठबन्धनको विषयमा समीक्षा गर्न जरुरी रहेको बताउनु भएको हो ।
माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उमेरद्वार चम्पादेवी कार्कीलाई हराउन काङ्ग्रेसको भूमिका देखिएकाे थियो । कार्कीले हारेर एमालेकी उमेरद्वारले जित हाँसिल गर्नु भएको थियो ।
नेता पुनले भन्नुभयो , “याे निर्वाचनले काङ्ग्रेसले माओवादीलाई सधैं धाेका दिने गरेको छ भन्ने प्रमाणित हुन्छ। यसले आपसमा विश्वास घटदै जाँदा गठबन्धनमा मिलेर काम गर्ने नसकिने उहाँको धारण थियो । “
माओवादीले सधैं इमान्दारी पुर्वक सघाएकाे तर काङ्ग्रेसले त्यसाे नगरेकाे भन्दै पुनले राष्ट्रिय सभा निर्वाचनको परिणाम पछि राजनीतिकाे माेड चेन्ज भएको तर्क गर्नु भयो ।


