माघ ८ साेमवार, २०८०
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संचार माध्यमहरुसँग माफी माग्नु भएको छ। अघिल्लो पटक आफुले आवेशमा बाेलेको भन्दै पत्रकार सम्मेलनमा आफूले ‘पर्सनल अट्याक’ गर्न पुगेको बताउनु भएको छ।
सोमबार पार्टी कार्यालय चमतिमा पत्रकार सम्मेलन गर्दै त्यसरी व्यक्तिगत तहमा उत्रिएर आलोचना नगरेको भए हुन्थ्यो भनेर महसुस गरेको बताउनुभयो ।
नागरिकता प्रकरणपछि अदालतकाे आदेशले उपप्रधानमन्त्री र गृहमन्त्रीबाट उहाँले बाहिरिनु परेकोमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि व्यक्तिगत रुपमा आलोचना गर्नु भएको थियो ।
‘हामीले एक–अर्काविरूद्ध लड्ने होइन, बेथितिविरूद्ध लड्नु पर्ने बताउदै संचारकर्मिहरुलाई तपाईंहरूले अपेक्षा गरेजस्तो पत्रकार सम्मेलन नहुने भयो । अघिल्लो प्रेस मिटजस्तो हुने हो कि भन्ने लागेको थियो हाेला तर यसपालि हेडलाइन गजब नहुनाले तपाईंहरूलाई घाटा हुने भयो । “
उहाँले भन्नुभयो ,” पहिला मैले आवेशमा पर्सनल अट्याक गरेको थिएँ । त्यसका लागि म क्षमा चाहन्छु। मेरो आलोचना डा. रामेश कोइराला जस्तोलाई पर्न गयो, धर्म भुसाल र सम्भव सिरोहियालाई हुन गयो। मैले त्यसरी व्यक्तिगत तहमा नगएको भए पनि हुने रहेछ। आज म त्यसरी प्रस्तुत हुँने छैन ।”


