माघ,८ साेमवार ,२०८०
काठमाडौ । आज भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा भएको छ। लामो संघर्षपछि अयोध्यामा राम मन्दिर बनेको हो । राम मन्दिर निर्माणकाे लागि भारतीय सर्बोच्च अदालतले माेदीकाे अधिल्लाे सरकारकाे समयमा बाटो खेालिदिएकाे थियो ।
भारत भरि आजकाे दिनलाई विषेश रुपमा लिईएको छ। भारतीय समय अनुसार बिहान ८ः३० बजे गणेशको पूजा गरेर प्रतिष्ठान समारोह सुरु गरिएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले दिउँसो २ बजे १५ मिनेटमा शिव मन्दिरको पूजा गर्नु भएको थियो । माेदिले पुजा गरेर भगवानलाई आरती गरिएको भिडियो सामाजिक संजालमा देखिएका छन् । तत्पश्चात बैद्धिकरुपमा राम मन्दिरको प्राण प्रतिष्ठा हुनेछ।
राम मन्दिरको प्राण प्रतिष्ठा हुन लाग्दा भारत भरि सार्वजनिक विदा दिइएको छ। यता नेपालको अधिकांश मठमन्दिरमा पनि सोमबार दीप प्रज्ज्वलन गरिँदै छ । मधेस प्रदेश जानकि धाम जनकपुरमाभने विदा दिइएकाे छ। भारतमा पशुहत्या माथि पनि रोक लगाईएको छ।
अयाेध्धयामा नेपालीहरुकाे पनि बाक्लो उपस्थिति रहेको छ।


