अ+
अ
अ-
माघ,५ शुक्रबार ,२०८०
काठमाडौं । आधुनिक नेपाली संगीतका चम्किलो तारा सदावहार गायक एवं वरिष्ठ संगीतकार योगेश वैद्यको निधन भएको छ। उमेरले सतहत्तर वर्षिय गायक वैद्दकाे हिजाे राति निधन भएको पारिवारिक श्राेतले जनाएको छ।
बिहीवार राति १२ः३० काठमाडौंको सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा उनको निधन भएको हो। उहाँले जिवनमा सयौं सदावहार नेपाली गित गाउनु भएको थियो । उहाँको ‘सपना भुलाइ सारा, आँशु लिएर जाऊ’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ जस्ता गीतहरु नेपाली संगित बजारमा चर्चित छन् ।


