भुम्लु गाउँपालिकाकाे १४ अौ गाउँसभाले पारित गर्याे आदिवासी जनजाति ऐन २०८०

+
-

पुस २७ शुक्रबार ,२०८०
काभ्रे । जिल्लाकाे भुम्लु गाउँपालिकाकाे १४अौ  गाउँ सभाले दुईवटा ऐन पारित गरेको छ। बिहिवार सम्पन्न हिउदे गाउँ सभाकाे बैठकले एक संशोधन ऐन सहित दुईवटा ऐन पारित गरेको हो ।

गाउँ सभा बैठकले आदिवासी /जनजाती प्रतिष्ठान ऐन २०८०  पारित गरेको छ भने शिक्षा ऐन संशोधन गरेको छ। लामो समयदेखि विद्यालय शिक्षामा देखिएको समस्या समाधान गर्न भन्दै शिक्षा ऐन संशोधन गरिएको जनाइएको छ।