तामाकोसी गाउँपालिकाकाे स्थायी केन्द्र मानेडाडामा रहने ,जफेवासी खुशि

+
-

पुस २४ मंगलबार ,२०८०

दोलखा । तामाकोशी गाउँपालिकाको अस्थायी रुपमा रहेकाे पालिका कार्यालय  स्थायी केन्द्र जफेको मानेडाँडामा हुने गरि  तोकिएको छ ।

लामाे समयदेखि जामुनेमा अस्थायी कार्यालय रहेकाेमा गाउँपालिकाको स्थायी केन्द्र मानेडाडा रहने टुङ्गो लागेको छ। जामुनेमा नै राख्ने कि मानेडाडा कार्यालय राख्ने भन्ने विषयमा टुङ्गो नलागेकाे अबस्थामा  कार्यपालिकाका बहुमत सदस्यले मानेडाँडालाई स्थायी केन्द्र बनाउने प्रस्तावको पक्षमा मतदान गरेका थिए। 

मानेडाँडालाई स्थायी केन्द्र बनाउने पक्षमा २९ र बिपक्षमा ५ मत परेको थियो ।  कार्यपालिका सदस्य २ जनाले भने तथस्ट रहेका थिए।कुल खसेकाे  ३८ मत मध्ये २ मत बदर भएको छ ।

मानेडाँडालाई केन्द्र बनाउन तामाकोशी गाउँपालिका–३ जफेका नेपाली कांग्रेसवाट निर्वाचित वडा अध्यक्ष रामप्रसाद काफ्लेले गरेको प्रस्तावमा सोही वडाका नेकपा माओवादी केन्द्रवाट निर्वाचित वडा सदस्य  देवी पोखरेलले समर्थन गरेकी थिईन् ।

हिजो बसेको गाउँ सभामा स्थायी केन्द्रका बारेमा सर्वसम्मत निर्णय हुन नसकेपछि आज मतदान भएको थियो । स्थायी केन्द्रकालागि जफेको छौंडे, कुमाले र मानेडाँड, मालु र मानेडाँडा–मालु केन्द्र कायम गर्नु पर्ने भन्ने छुट्टाछुट्टै प्रस्ताव दर्ता भएको थियो । दलगत ह्विप जारी नभएका कारण गाउँपालिकाको स्थायी केन्द्रकालागि कार्यपालिका सदस्यहरुले स्वतन्त्ररुपमा मतदान गरेका थिए ।

मानेडाँडालाई केन्द्र बनाउन तामाकोशी गाउँपालिका–३ जफेका नेपाली कांग्रेसवाट निर्वाचित वडा अध्यक्ष रामप्रसाद काफ्लेले गरेको प्रस्तावमा सोही वडाका नेकपा माओवादी केन्द्रवाट निर्वाचित वडा सदस्य  देवी पोखरेलले समर्थन गरेकी थिईन्।

यसअघि निर्वाचित जनप्रतिनिधि स्थायी केन्द्रकाे टुंगो नलगाई ५ वर्षे कार्यकाल पूरा गरेका थियो ।