पुस २१ शनिबार ,२०८०
काभ्रेपलान्चोक । सामाजिक जागरण मञ्च धुलिखेलकाे २१ अौवार्षिक साधरण सभा सम्पन्न भएकाे छ। आज धुलिखेलकाे बुद्दपार्कमा आयाेजित एक कार्यक्रममा साधरण सभा भएको हो ।
कार्यक्रममा काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा डा भाेला थापाकाे प्रमुख आतिथ्थतामा सम्मपन्न भएको सभामा डा थापाले मन्चले ल्याउने जनगरण अभियानमा काठमाडौ विश्वविद्यालय पनि सहयोगी हुन सक्ने विश्वास दिलाउनु भएको छ। अध्ययानकाे लागि विद्यार्थी विदेश पलायन हुने डरलाग्दाे अबस्थालाई केन्दित गर्दै उहाँले भन्नुभयो , ” शैक्षिक संस्थाहरु निकम्वा भएर त्यस्ताे भएको नभई देशमा उचित राेजगारि , उद्दम र व्यवसाय नभएकोले विद्यार्थी पलायन भएका हुन ।” हाम्रो शैक्षिक संस्थाहरुसँग उद्योगी ,व्यवसायीहरुले भर्नाको लागि मात्रै नभई राम्रा जनशक्ति कामकाे लागि पठाउन भन्नू भयो भने आफू सफल भएको ठान्ने छु।

एक अर्को प्रसंगमा डाक्टर थापाले बागमती प्रदेश सरकारकाे जनस्वास्थ्य प्रयाेगशाला निर्माणकाे लागि आबाश्यक सहयोग उपलव्ध गराउने प्रतिवद्दता जाहेर गर्नु भयो । केन्द्रीय प्रयाेगशालालाई समेत सहयोग पुग्ने गरि अनुसन्धान केन्द्रकाे स्थापनाकाे लागि प्रयासरत रहेको काठमाडौ विश्वविद्यालयलाई सामुदायिक स्तरबाट समेत सहयोगकाे अपेक्षा गर्नु भएको छ।


