खेलकुद

फुटबलको व्यवहारिक र सैद्धान्तिक ज्ञान वृद्धि गर्न रेफ्रीहरुलाई तालिम दिइने

पुस २८ शनिबार ,२०८०
काभ्रेपलान्चोक । प्रदेश खेलकुद विकास परिषद र अखिल नेपाल फुटबल संघले संयुक्तरूपमा  रेफ्रीहरुलाई प्रशिक्षण दिने भएको छ।  माघ २१ गते शुभारम्भ हुने प्रशिक्षणमा बागमती प्रदेशकाे ११ वटा जिल्लाका सहभागीलाई प्रशिक्षण दिइने छ।

बागमती प्रदेशकाे प्रत्येक जिल्लाबाट ३/३ जना र काभ्रे जिल्लाबाट १३ जनालाई प्रशिक्षणमा समावेश गराइने आयाेजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएका  छन।

प्रशिक्षणकाे अवधि सात दिनकाे रहने छ।  उक्त प्रशिक्षण पश्चात् रेर्फिहरुकाे शारीरिक र मानसिक अबस्थामा सुधार भई खेलकाे ढाँचामा विकास गर्ने क्षमता  बढने , जिवनशैली र व्यवहारमा सुधार हुने आयाेजककाे अपेक्षा रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *