खेलकुद

गत वर्षको बृहत खेलकुद महाेत्सवले जिल्लामा खेलकुदकाे महत्व दर्साएकाे छ :- जिसस प्रमुख गौतम

पुस २७ शुक्रबार ,२०८०
काभ्रेपलान्चोक । काभ्रे जिल्ला खेलकुद विकास समितिकाे १५अौ राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता आजबाट सुरु भएको छ। जिल्लाकाे धुलिखेल र बनेपाका विभिन्न खेल मैदानमा तीन दिन सम्म चल्ने प्रतियाेगितामा १२ वटा पालिकाले भाग लिने आयाेजक संस्थाले जानकारी दिएको छ। साथै प्रतियाेगितामा ६ वटा विधामा ९५० जना खेलाडी बीच प्रतिस्पसर्धा गराइने छ।

आजै बनेपा स्थित नवनिर्मित खेलकुद विकास समितिकाे भवन उदघाटन समाराेहमा सम्बाेधन गर्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले शिक्षा ,स्वास्थ ,पर्यटन र कृषिको क्षेत्रमा नाम कमाएको र राम्रो उत्पादन गरिरहेकाे काभ्रेले खेलाडीहरु पनि उत्पादन गर्न सक्ने धारणा राख्नु भएको छ।

खेलकुदकाे विकासकाे निम्ति देशकाे १/२ प्रतिशत बजेटले मात्र पर्याप्त नहुने भन्दै बागमती प्रदेशले काभ्रेको खेल जगतमा लगानी गरे एक सय एक राष्ट्रिय स्तरकाे खेलाडी तयार गरिदिने दावी गर्नु भयो । उहाँले भन्नुभयो , हामिले गत वर्ष बृहत् जिल्ला स्तरिय खेलकुद महाेत्सव गरेर जिल्लाकाे खेलकुदलाई चलायमान गराएका छौ ।” उहाँले , खेलाडीले राम्रो पारिश्रमिक नपाउने र पैसाकाे लागि विदेशिने बाध्यता हटाउन सके विश्वमा नाम राख्न सक्ने क्षमता भएका प्रतिभावान खेलाडी नेपालमा रहेकोले खेलकुद क्षेत्रलाई प्रथमिकतामा राख्न बागमती प्रदेशका मुख्य मन्त्रीलाई विशेष आग्रह गर्नु भएको थियो ।

गत वर्ष जिल्लामै पहिलो पटक बृहत् जिल्ला स्तरीय खेलकुद महाेत्सव गरेर जिल्ला समन्वय समितिले रेकर्ड ताेडेकाे थियो । प्रदेश खेल मैदान पनौतीमा निवर्तमान उपराष्टपति नन्द बाहादुर पुनले भव्यताका साथ उदघान गर्नु भएको महाेत्सव काभ्रे जिल्लामै ऐतिहासिक बनेकाे थियो ।

जिल्ला समन्वय समिति र जिल्ला खेलकुद विकास समितिले संयुक्तरूपमा गरेको उक्त महाेत्सव पछि जिल्लामा खेलकुदका गतिविधिले प्राथमिकता पाएकाे छ । साे महाेत्सवले जिल्लामा खेलकुदकाे महत्वलाई प्रष्ट पारिदिएकाे थियो ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *