खेलकुद

खेलकुदलाई ब्यवसायीक बनाउन राज्यले निति बनाउनु पर्छ :- मन्त्री लम्साल

 

पुस २७ शुक्रबार ,२०८०

काभ्रेपलान्चोक । बागमती प्रदेशका श्रम राेजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले खेलकुदलाई व्यवसायिक बनाउन राज्यले निति बनाउनु पर्ने बताउनुभएको छ।  काभ्रेको बनेपामा जिल्ला खेदकुद समितिकाे भवन उदघाटन कार्यक्रममा बाेल्दै   सरकारले खेलाडीहरु खेलेर बाँच्न सक्ने वातावरण बनाउन सके मात्र खेल मार्फत राम्रो प्रतिभा जन्माउन सक्ने बताउनु भएको हो ।

  मन्त्री लम्सालले खेलकुद क्षेत्रमा कसरी लगानी बढाउन सकिन्छ भन्ने विषयमा बागमती प्रदेश सरकारसँग  छलफल चलिरहेको बताउदै पालिका स्तरका र  जिल्ला स्तरका खेलकुद प्रतियाेगिताले खेलकाे  गतिविधि चलायमान भएकोमा खुशि व्यक्त गर्नु भयो । प्रदेशकाे लगानीमा खेल मैदानहरु र कार्यालय भवनहरु बनेका उदाहरण दिदै सबै ठाँउमा मैदान बनाउन सम्भव नभएको तर  पायक पर्ने पालिका र भूगाेल हेरेर खेल मैदानहरुमा लगानी गर्न प्रदेश सरकारलाई सुझाव दिनु भएको छ।

उहाँले राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता नामाकरण गरेर सरकारले  देश भरिबाट खेलाडी समेटने रणनीतिक याेजना अघि सारेको धारण राख्नु भएको थियो । यसरी नै केन्द्रीय स्तरमा खेलाडी छनाेट गर्न  यस्ता प्रतियाेगिताले  सहयोग पुग्ने उहाँको भनाइ रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *