खेलकुद

च्याम्पियन बन्ने मौका गुमायो बार्यनले, डर्टमुण्डको उपाधि होड कायमै

काठमाडौं । बार्यन म्युनिकले एक खेल बाँकी हुँदै लगातार सातौँ सिजन जर्मन बुण्डेस लिगा फुटबलको उपाधि जित्ने मौका गुमाएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा आरबी लाइप्जीसँग बराबरीमा रोकिएपछि एक खेल अगावै उपाधि जित्ने मौका गुमेको हो । अर्थात उपाधि होडमा अन्तिम खेलसम्म दोस्रो स्थानको बोरुसिया डर्टमुण्ड पनि कायम रहेको छ ।

अवे मैदानमा भएको खेलमा बार्यन म्युनिख गोलरहित बराबरीमा रोकिएको हो । शीर्षस्थानमा रहेको बार्यनको ७५ तथा दोस्रो स्थानको डर्टमुण्डको ७३ अंक छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *