पुस ११ बुधबार ,२०८०
काठमाडौ । एघार प्रकारका अन्नहरुबाट राम -सीताको स्वयम्वर प्रतिमा बनाउनु भएकी कलाकार गुनगुन मिश्र सम्मानित हुनु भएको छ।
मंगलबार जनकपुर उपमहानगरपालिका मेयर मनाेज कुमार शाह र उद्योग बाणिज्य संघ जनकपुरका अध्यक्ष जितेन्द महासेठले संयुक्तरूपमा कलाकार मिश्रलाई दाेसल्ला ओडाई प्र शंसा पत्र सहित सम्मान गर्नु भएको हो ।
उहाँले माता सीता र मर्यादा पुरसाेत्तम श्री रामकाे विवाह पञ्चमीको पावन अवसरमा जनकपुरकाे रंगभुमी मैदानमा ११ हजार १ सय वर्ग फिटको क्षेत्रफलमा भगवानकाे प्रतिमा बनाउनु भएको थियो ।
भारतकाे अयाेध्ययमा १ हजार स्क्वायर फिटमा बनेकाे प्रतिमा टेलिभिजनमा देखेर प्रेरणा पाएकी उहाँले जनकपुरमा विश्व किर्तिमान राख्ने उदेश्यले उक्त कार्य गर्नु भएको थियो । कलाकार मिश्रले थरि थरिका अन्नबाट प्रतिमा बनाएर विश्व किर्तिमान राख्नु भएको छ।
कलाकार मिश्र हाल काठमाडौमा अध्यायन गर्दै हुनु हुन्छ। साहित्य र कलाकारिताकाे पृष्ठभूमि भएको परिवारमा जन्मनु भएकी गुनगुनकाे हजुरबुबा सम्पादक तथा साहित्यकार सुरेन्द्र मिश्र हुनु हुन्छ । बुबा रुपेश मिश्र व्यवसायी हुनुहुन्छ ।



