समाचार
नेपाल जेसिसकाे अध्यक्षमा पाेखरेल निर्वाचित ,उपाध्यक्षमा काभ्रेका गौतम

पुस २ साेमवार, २०८०
काठमाडौं । नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल निर्वाचित हुनुभएको छ। बुटवलमा सम्पन्न ५०औं महाधिवेशनबाट तीन प्रतिस्पर्धीलाई हराउँदै अध्यक्षमा पोखरेल निर्वाचित हुनु भएको हो ।
पोेखरेलले ५१० मत पाउँदा निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाउनु भएको थियो । ८४ मतान्तरले बिजयी बनेका पोखरेलले तीनजना प्रतिस्पर्धीहरु रजनी थापा, विजय गुरुङ र रश्मी शिल्पकारलाइ पराजित गर्नु भएको थियो । उहाँ नुवाकोट जेसीजका पूर्व अध्यक्ष हुनु हुन्थाे भने अघिल्लो पटक राष्ट्रिय अध्यक्ष पदमा पराजित हुनु भएको थियोे ।
त्यस्तै कार्यकारीणी उपाध्यक्षमा राजाराम गौतम ,अनुप सुनुवार भिम बहादुर कुंवर (राजु),सिनेटर सन्दिप अग्रहरी बिजयी हुनु भएको छ । गौतमले काभ्रे जिल्लाबाट प्रतिनिधित्व गर्नु भएको थियो । महासचीव सरोज अधिकारी,कानुनी सल्लाहकारमा नरेश चन्द्र ओझा,कोषाध्यक्षमा खेमराज थापा मनोनित भएका हुनु भएको छ।
