समाचार

चीनले सगरमाथामा शौचालय बनाउने

काठमाडौँ । चीनले विश्वको सर्वाेच्च शिखर सगरमाथामा शौचालय बनाउने भएको छ । सगरमाथा आरोहणमा जानेको संख्या बढ्दै जाँदा त्यहाँ फोहोर पनि बढेकाले चीनले सगरमाथामा वातावरणमैत्री शौचालय बनाउने भएको हो । पर्यावरणअनुकूल बनाइने यो शौचालय सगरमाथाको ७ हजार २८ मिटरको उचाइमा एक चिनियाँ शिविरमा राखिने छ ।

सगरमाथामा गएको कैयौं दशकदेखि व्यापारिक पर्वतारोहण बढ्दै गइरहेको छ । पर्वतारोहीको संख्या बढ्दा सगरमाथामा फोहोरको डंगुर जम्मा हुन थालेको छ। ठूलो धनराशी खर्च गरेर सगरमाथा चढ्न पुग्ने पर्वतारोहीले फोहोर व्यवस्थापनमा भने खासै चासो नदिने गरेको पाइएको छ ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार पर्वतारोहणको अहिलेको सिजनमा चीनको एक कम्पनीले तिब्बतका तर्फबाट सगरमाथामा वातावरणमैत्री शौचालय उपलब्ध गराउन लागेको हो ।

तिब्बती पर्वतारोहण एसोसिएशनका उपमहासचिव पेमा टिनलीका अनुसार सगरमाथामा राखिने शौचालयमा मानव शौच जम्मा गरिने र भरिएपछि पर्वतको तल ल्याइनेछ । सगरमाथामा राखिने यो शौचालय अस्थायी रहने र पर्वतारोहणको सिजन समाप्त भएलगत्तै हटाइने पनि उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *