समाचार

दुर्गाकाे आन्दोलनमा बज्न थाले विराेधका गित संगित प्रदर्शनकारीले देखाए नाच

२०८० मंसिर १६
काठमाडौ । देशमा यतिखेर राजतन्त्र  पुर्नस्थापना र गणतन्त्रको खारेजिकाे माग गरिरहेका विभिन्न समुहको आन्दोलन  र प्रदर्शन   देख्न सकिन्छ । मेडिकल व्यवसायी दुर्गा प्रसाइले मंसिर ७ गते देखि राजतन्त्र पुर्नस्थापनाकाे माग गर्दै जन विरोध सुरु गरेका थिए। हालसम्म त्यहि आन्दोलनले निरन्तरता पाइरहेको छ।

मंसिर ७ मा बल्खुमा शक्ति प्रदर्शन गरेका उनको दाेस्ाे दिनकाे कार्यक्रमलाई सरकारले दमनकारी नीति प्रयाेग गरि पर्साइलाई हाेम एरेष्ट गरि सिथिल पर्ने प्रयास गरेकाे थियो । सात गतेकाे उनको प्रदर्शनले सरकार तर्सिएकाे संकेत गरेकाे थियो ।

दुर्गा पर्साइकाे आक्रामक भाषण र नेताहरुकाे गाेनियता भङ्ग गरिदिनाले सरकारले दमनकारी नीति लिएकाे विष्लेषकहरुले बताउने गरेका छन् । सात गते पछि पनि विभिन्न ठाउमा  साना ठुला विराेधका कार्यक्रम भइरहेका छन्। पटकपटक गरि थुप्रै  प्रदर्शनकारी पक्राउ परिसकेका छन् । थुप्रै घाइते पनि भए।

तर पर्साइले साेचे जस्तो आन्दोलनले उचाइ लिन सकेको छैन् । उनकाे विकल्पमा आन्दोलनकाे नेतृत्व गर्ने उत्तराधिकारीकाे अभावमा यस्तो स्थिति सिर्जना भएको भन्दै आलाेचना हुन थालेको छ। आन्दोलनको नेतृतत्व गर्नेकाे कमि  भएको मान्न सकिन्छ । जहाँ ,जे, जस्तो प्रदर्शन भएका छन् तिनले खासै प्रभाव पारेकाे देखिदैन ।

एक विदेश राजनितिज्ञले भने अनुसार ,” जब जनता सडकमा आउछन् , तब गित बज्न थाल्छ , चरा पनि नाच्न थाल्छन् ।  जनताले स्वतस्फूर्त नाटक देखाउछन् ।व्यङ्ग गर्न थाल्छन “। त्यस्तै दुर्गाकाे आन्दाेलनमा नागरिकहरु सडकमा गित बजाएर नाच देखाउन थाली सकेका छन् । आज भक्तपुरको एक कार्यक्रममा गितकार रमेश राज भट्टराईकाे गितमा एक बृद्दाले देखाएको नाच सामाजिक संजालमा भाइरल भएको छ।

नागरिकले गित मार्फत भ्रष्टाचारको विराेध गर्न नपाएको गुनासो गरेका थिए भने लुटन सके जति लुट , यहि नेपालमा छुट छ भनी व्यङ्ग गरेका छन् । अब सडकमा विद्ाेह , परिवर्तन ,भ्रष्टाचार , सरकार विराेधि गित र संगित घन्कन थाली सके ।

पहिला पहिला गाउँ गाँउबाट उठ ,बस्ति बस्तिबाट उठ भन्ने जागरण गित सुन्न पाइन्थाे । आज भाेलि आका्ेश र सरकार र शासकलाई चुनौतीपूर्ण गित बज्न थालेका छन् । जुनसुकै शासक पनि गित संगित साहित्य मार्फत चलेकाे आन्दोलनले घुडा टेकन बाध्य भएका उदाहरण विश्वमा धेरै छन् । त्यसैले विस्तारै भुसकाे डंगुरमा सल्किएकाे याे आन्दोलनले कस्तो रुप लिन्छ भन्न सकिदैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *