समाचार
आँखामा खुर्सानी छर्केर सीरानीको खोल टाउकोमा छिराई दाउरा र ढुंगाले हानेर मार्नै लाग्दा ३ जना पक्राउ
आँखामा खुर्सानी हालेर हत्या गर्न खोजेको अभियोगमा प्रहरीले तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं। १ बस्ने २० बर्षका टेकबहादुर बुढा, १९ बर्षका प्रकाश बुढा र २२ बर्षका कर्णबहादुर बुढा रहेका छन्।
उनीहरुले भुमे गाउँपालिका वडा नं। ६ बस्ने डम्बर बुढा र उहाँको श्रीमती सीता घर्तिको आँखाको खुर्सानीलो धुलो हालेर कुटपिट गरेका थिए । क्राउ परेका मध्ये टेकबहादुरले डम्बर र उहाँको श्रीमती सीताबाट रातो च्याउ उपलब्ध गराईदिने भन्दै ८५ हजार लिएको र फिर्ता माग्दा ज्यान मार्नेगरी योजना बनाएका थिए ।टेकबहादुरले बिहान पैसा दिन्छु भन्दै आठबिसकोट नगरपालिका वडा नं. ६ स्थित एक होटेलमा बोलाएका थिए ।
गत बुधबार बिहानै बास बसेको होटेलबाट बोलाएर वडा नं। ६ मा रहेको ढाडथलको पुल नजिक पुर्याएर दुबैको आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट समेत गरेका थिए ।पक्राउ परेका टेकबहादुरले प्रकाश, कर्ण र कृष्णसँग बसेर योजना बनाई उक्त घटना घटाएका थिए । आँखामा खुर्सानी छर्केर सीरानीको खोल टाउकोमा छिराई दुबै जनालाई दाउरा र ढुंगाले हानेका थिए । ‘डम्बरलाई मर्यो भनेर फालेको समेत बताइएको छ ।

